Skip to main content

2025 का Top 20 Current Affairs | महत्वपूर्ण समसामयिक घटना

 “२०२५ का महत्वपूर्ण समसामयिक घटनाहरू | Top GK for Loksewa”]


Q1.मुलुककै पहिलो फ्लाइओभर 🛣️ 'ग्वार्को फ्लाइओभर' को उद्घाटन कहिले भएको हो ?


🗓️ उद्घाटन मिति: वि.सं. २०८२ असार ६

  • प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा ट्राफिक प्रहरी प्रमुख एसएसपी नवराज अधिकारीले रिबन काटेर उद्घाटन

  • उद्घाटनसँगै फ्लाइओभर सञ्चालनमा ल्याइएको ।

  • विसं २०७८ फागुन १२ गते २ वर्षमा निर्माण सक्ने गरीसम्झौता भई निर्माण कार्य अघि बढेको थियो।


Q2.🧘 अन्तर्राष्ट्रिय योग दिवस कहिले मनाइन्छ ?

  • : हरेक वर्ष जुन २१ मा मनाइन्छ।

🗓️ सन् २०२५ को नारा:"सिङ्गो पृथ्वी र मानव स्वास्थ्यका लागि योग"

(Yoga for Self and Society / Yoga for One Earth, One Health)


Q3.राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपालको आगामी तीन वर्षको आर्थिक वृद्धिदर 📊 कति हुने अनुमान छ ?


  • ७.१ प्रतिशत

  • आव २०८२/८३ देखि २०८४/८५ मा मुलुकको औसत आर्थिक विकास ७.१ प्रतिशत रहने अनुमान गरिएको।

  • 💰चालु आ.व मा कुल गार्हस्थ उत्पादन (जिडिपी) ६१ खर्ब ७अर्ब पुगेको ।

  • विगत १५ वर्षमा नेपालीको प्रतिव्यक्ति आय 👨‍👩‍👧‍👦  ८१८ अमेरिकी डलरबाट बढेर यस वर्ष १५१७ अमेरिकी डलर पुग्ने अनुमान रहेको।


Q4.⚽ युइएफए नेसन्स लिग फुटबल २०२५ को उपाधि कसले जित्यो ?


  • विजेता टोली: पोर्चुगल  🇵🇹

  • पोर्चुगलले स्पेनलाई टाइब्रेकरमा ५–३ गोलले पराजित गर्दै उपाधि जित्यो।

  • यो पोर्चुगलको दोेस्रो नेसन्स लिग उपाधि हो। पहिलो पटक:पहिलो संस्करण  २०१८–१९ को उपाधि जितेको थियो।

Q5.अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कहिलेदेखि लागु हुने गरी १२ देशका नागरिकहरूलाई पूर्ण र आंशिक यात्रा प्रतिबन्ध घोषणा गरेका हुन् ?


  • 🗓 लागू मिति:२०२५ जुन ९ देखि लागू।


  • 📜 आदेश जारी मिति:ट्रम्पले जुन ४ मा जारी गरेको आदेश जुन ९ देखि लागु भएको।


  • 🔒 पूर्ण यात्रा प्रतिबन्ध लागू गरिएका देशहरू (१२):

अफगानिस्तान, म्यानमार ,चाड, कङ्गो,इक्वेटोरियल गिनी, इरिट्रिया, हाइटी, इरान, लिविया, सोमालिया, सुडान, यमन

👉 यी देशका नागरिकहरूको अमेरिका प्रवेश पूर्ण रूपमा निषेध — पर्यटक, विद्यार्थी, काम गर्ने, आप्रवासन भिसा सबैमा रोक।

  • ⚠️ आंशिक यात्रा प्रतिबन्ध लागू गरिएका देशहरू (७):

बुरुन्डी, क्युवा, लाओस, सिएरालियोन, टोगो, तुर्कमेनिस्तान, भेनेजुएला

👉 केही विशेष भिसा वा प्रवेश प्रकारमा मात्र रोक।

  • यो रोक आप्रवासन र गैरआप्रवासन (नन-इमिग्रेसन) दुवै प्रकारका भिसामा लागु हुने जनाइएको ।

Q6.स्नायु विज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन 'न्युरोकन-२' काठमाडौँमा कहिले सम्पन्न भएको हो ?


  • 🗓 सम्पन्न मिति: विसं २०८२ असार ४ र ५ गते, काठमाडौँमा सम्पन्न।

  • सम्मेलनको नाम:न्युरोकन–२ (NeuroCon–2)

  • 🏅 सम्मान:सम्मेलनको अवसरमा वरिष्ठ स्नायु शल्य चिकित्सक प्रा. डा. डेविट टेरेन्स होपलाई उपेन्द्र देवकोटा पुरस्कार प्रदान गरिएको।




Q7.एसियाली विकास बैङ्क (एडिबी) ले नेपालका लागि अघि सारेको नयाँ कन्ट्री पार्टनरसिप स्ट्राटेजीको अवधि कुन हो ?


  • 📅 अवधि:सन् २०२५ देखि २०२९ सम्म 

  • 📢 सार्वजनिक मिति: एडिबीले यो रणनीति सन् २०२५ जुन मा सार्वजनिक गरेको।

  • 🎯 सन् २०२५ देखि २०२९ सम्मका लागि लागु हुने रणनीतिले नेपालको आर्थिक रूपान्तरणका लागि हरित, निजी क्षेत्र लक्षित र जलवायु रेजिलियन्ट विकास मोडेललाई अघि सारेको ।

💵 विकास सहयोग:

  • एडिबी र विश्व बैंकले नेपालको कुल विकास सहयोगको करिब ७०% हिस्सा ओगट्छन्।

  • एडिबीले यस अवधिमा करिब २.३ अर्ब डलर सहयोग गर्ने योजना बनाएको छ।

Q8.🏞️सेभेन रिला लेक्स कहाँ पर्छ ?


  • स्थान:बुल्गेरियाको रिला माउन्टेन पर्वत श्रेणीमा अवस्थित।

  • सेभेन रिला लेक्स सातवटा हिमतालहरूको समूह हो, जुन २१०० मिटरदेखि २५०० मिटर उचाइमा फैलिएको छ।

  • तालहरूको नाम:

१) दी टियर (सबैभन्दा सानो)

२) दी आई

३) दी किड्नी

४) दी ट्विन (सबैभन्दा ठूलो)

५) दी ट्रेफोइल

६) फिस लेक

७) दी लोवर लेक


Q9.🌳 नेपालको वनको अवस्थाः

  • सन् २०२४ मा नेपालको कुल वन क्षेत्रको भूभाग ४६.०८ प्रतिशत पुगेको छ।

  • जसमध्ये ४३.३८ प्रतिशत वन र २.७० प्रतिशत झाडी र ब्युट्यान रहेको छ।



Q10.⚔️ इजरायल र इरानबिच युद्धको सुरुवात कहिले भएको हो ?

  • 🗓 युद्ध सुरु भएको मिति:सन् २०२५ जुन १३

🔥 घटना:

  • इजरायलले अचानक आक्रमण सुरु गर्‍यो।

  • आक्रमणको लक्ष्य: इरानका आणविक केन्द्र र शीर्ष सैन्य अधिकारीहरू।

Q11.🕊️इजरायल-इरानबिच युद्धविराम कहिले भएको हो ?


  • सन् २०२५ जुन २४

  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा इजरायल र इरानबीच युद्धविराम सहमति भएको घोषणा।

  • 🤝 दुवै देशको सहमति:इजरायल र इरान दुबै पक्षका अधिकारीहरूले शान्तिपूर्ण संवादमार्फत समाधान खोज्ने सहमति व्यक्त गरेका।

Q12.👩‍🦰अन्तर्राष्ट्रिय नारी दिवस कहिले मनाइन्छ ? 

  • 📅 : हरेक वर्ष मार्च ८ मा मनाइन्छ।

  • सन् १९११ मा पहिलो पटक अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको हो ।

  • सन् २०२५ मा मनाइएको ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस हो।


  • 🗣️ सन् २०२५ को नाराः

  • "सबै महिला तथा बालिकाको लागि अधिकार, समानता र सशक्तिकरण"

("For ALL Women and Girls: Rights. Equality. Empowerment.")


Q13.📰 गोरखापत्र पत्रिकामा कति भाषाबाट समाचार प्रकाशन हुन्छ ?


  • हाल सम्म ४५ वटा भाषा मा समाचार प्रकाशित।

  • 🆕 ४५ औं भाषा: बाम्बुले राई, रहेको छ। जुन वि.स. २०८१ पुस ११ देखि गोरखापत्रमा समावेश।

अन्य भाषा :

  • ४४ औं भाषा: राना थारु (वि.स. २०८१ कात्तिक ४ देखि)

  • ४३ औं भाषा: याक्खा

  • ४२ औं भाषा: डडेलधुरी

  •  गोरखापत्रमा वि.स. २०६४ असोज १ गतेदेखि विभिन्न मातृभाषाका समाचार सामग्री समेटिएको 'नयाँ नेपाल बहुभाषिक पृष्ठ' प्रकाशन प्रारम्भभएको थियो।





Q14.🏛️लोक सेवा आयोगको स्थापना कहिले भएको हो ?


  • 📅 स्थापना मिति: विसं २००८ असार १

  • नेपाल पब्लिक सर्भिस कमिसन' नामबाट २००८ साल असार १ गते लोकसेवा आयोगको विधिवत् स्थापना भएको।


Q15.⏳विश्वको पहिलो वैदिक घडी कुन हो ?

  • विक्रमादित्य वैदिक घडी

  • भारतको मध्यप्रदेशस्थित उज्जैनमा रहेको ।

  • समय गणना मान ३० घण्टा एक दिन एवं १ घण्टा ४८ मिनेट रहेको।

  • यस घडीको उद्घाटन सन् २०२४ फेब्रुअरी २९ मा भारतीय प्रम नरेन्द्र मोदीद्वारा गरिएको।


Q16.💸 राष्ट्र बैङ्कले २०८२ जेठ २७ मा सार्वजनिक प्रतिवेदन अनुसार गत वैशाखमा मात्र नेपालमा कति विप्रेषण भित्रिएको छ ?

  • 💰 वैशाख महिनामा भित्रिएको विप्रेषण: रु. १ खर्ब ६५ अर्ब ३० करोड

– मासिक आधारमा यो अहिलेसम्मकै सबैभन्दा बढी विप्रेषण हो।

  • 📊 आव २०८१/८२ को १० महिनाको आर्थिक अवस्था:

    • शोधनान्तर बचत: रु. ४ खर्ब ३८ अर्ब

    • कुल विप्रेषण: रु. १३ खर्ब ५६ अर्ब

    • कुल विदेशी मुद्रा सञ्चिति: रु. २५ खर्ब १२ अर्ब

Q17.🏆 धिमाल युवा प्रतिभा पुरस्कार २०८२ कसलाई प्रदान गरियो ?

  • 🥇 पुरस्कार विजेता: डा. सजना धिमाल

  • धिमाल समुदायबाट पहिलो चिकित्सक बन्न सफल डा. सजनालाई सो पुरस्कारबाट सम्मान गरिएको ।

  • हरेक वर्ष असार २ गते सिरिजात पर्व समापनका अवसरमा सो पुरस्कारबाट एक जना युवा प्रतिभालाई सम्मान गरिंदै आएको ।


Q18.📉 नेपाल राष्ट्र बै‌ङ्कले विसं २०८२ जेठ २७ मा सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदन अनुसार गत वैशाखमा मुद्रास्फीति कतिमा झरेको छ ?


  • २.७७% मा झरेको।

  • आर्थिक गतिविधि शिथिल हुँदा उपभोक्ता मूल्य वृद्धिदर पाँच वर्ष पछि कै न्यून विन्दुमा झरेको ।

  • राष्ट्र बैङ्कका अनुसार २०७७ माघमा उपभोक्ता मूल्य वृद्धिदर २.७७ प्रतिशतमा झरेको थियो । कोभिड-१९ को महामारीका कारण आर्थिक गतिविधि ठप्प हुँदा बजारमा वस्तु तथा सेवाको माग घटेपछि मुद्रास्फीति न्यून विन्दुमा झरेको थियो ।


Q19.⚡भेरी-१ अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको विद्युत् उत्पादन क्षमता कति रहेको छ ?


  • विद्युत् उत्पादन क्षमता:२७० मेगावाट

  • जाजरकोटको नलगाढ नगरपालिका र रुकुम पश्चिमको आठविसकोट नगरपालिका बिच रहेको भेरी नदीमा सो जलविद्युत् आयोजना निर्माण हुने भएको ।

  • 🏗 निर्माण अवधि:५ वर्ष

  • 💰 लागत अनुमान:रु. ४६ अर्ब

  • 🛣 सडक र पहुँच:मुख्य बाटोबाट ११ किलोमिटर सहायक बाटो निर्माण गर्नुपर्ने।

  • 🌉 पूर्वाधार:नदीमा ३ वटा बेलिब्रिज निर्माण आवश्यक।


Q20.🌐अन्तर्राष्ट्रिय स्तरको 'आइरिस' प्रमाणपत्र प्राप्त गर्ने नेपालको पहिलो मेनपावर कम्पनी कुन हो ?


  • 🏆 कम्पनी:आइएमआर (इन्टरनेसनल मेनपावर रिक्रुटमेन्ट)

  • वैदेशिक रोजगारी क्षेत्रमा पारदर्शिता, न्यायोचित प्रक्रिया र श्रमिक अधिकारको संरक्षण सुनिश्चित गरेको भन्दै आइएमआरलाई अन्तर्राष्ट्रिय भर्ना एकीकृत प्रणाली (आइरिस) को प्रमाणपत्र प्रदान (२०८२ जेठ २६) गरिएको 

  • आइरिसका अनुसार हालसम्म यो प्रमाणपत्र पाउने ५ वटा (नेपाल, सिङ्गापुर, पोल्यान्ड, केन्या, मेक्सिकोका एक-एक) मात्रै मेनपावर कम्पनी रहेका।

Comments