विषय: General Knowledge Banking and Office Management
१.चाँदिको प्रमुख औद्योगिक प्रयोग कुन हो ?
A) गहना निर्माणमा
B) खाद्य परिरक्षणमा
C) विद्युतीय र इलेक्ट्रोनिक उपकरणमा
D) औषधि उत्पादनमा
२. सुनलाई के ले असर गर्छ ?
A) पानी र नुन
B) हावा र घाम
C) तेजाब र पारा/रॉयल वाटर – Mercury
D) तेल र धुलो
३. चाँदिलाई कुन ग्यासले कालो बनाउँछ ?
A) अक्सिजन B) नाइट्रोजन
C) सल्फर D) हाइड्रोजन
४.सुन र चाँदिमा लगानीको फाइदा के हो ?
A) तत्काल ऋण पाउन सजिलो हुन्छ
B) उच्च ब्याजदर प्राप्त हुन्छ
C) मुद्रास्फीति विरुद्ध सुरक्षा मिल्छ
D) बजार बन्द हुँदा मात्र उपयोगी हुन्छ
५. सुनको वजन कम हुने सम्भावित कारण के हो ?
A) यसको उत्पादन घट्नु B) खानीको अधिक क्षमता
C) नक्कली सुनको प्रयोग D) बजार मूल्यको उतारचढाव
६. सुनको मूल्य विश्वव्यापी बजारमा कसरी ट्रयाक गरिन्छ ?
A) बैंकिङ प्रणाली
B) ग्राहकहरूको मागबाट
C) अन्तर्राष्ट्रिय कमोडिटी बजार र सिधा व्यापारद्वारा
D) सरकारले तोकेको दरअनुसार
७. चाँदिको वजन सामान्यतः कति प्रतिशत अधिक हुन्छ ?
A) १० प्रतिशत B) १५ प्रतिशत
C) २० प्रतिशत D) ५ प्रतिशत
८. बैंकहरुले सुन चाँदिको कारोबारबाट भएको मुनाफाको विवरण कहाँ उल्लेख गर्नुपर्छ ?
A) लाभ नोक्सान विवरण
B) ग्राहक खातामा
C) तलब खातामा
D) व्यक्तिगत खर्चमा
९. सुन चाँदि कारोबारमा अवैद्य गतिविधिको निगरानी कसले गर्छ?
A) प्रहरी
B) नेपाल राष्ट्र राष्ट्र बैंक तथा सम्बन्धित नियामक निकाय
C) आर्थिक अपराध अनुसन्धान शाखा
D) बैंक स्वयं
१०. चाँदिको महत्व कुन क्षेत्रमा प्रमुख छ ?
A) कृषि क्षेत्रमा B) सांस्कृतिक धरोहरमा
C) औद्योगिक र स्वास्थ्य क्षेत्रमा D) केवल कला र सजावट
११. सुन र चाँदीलाई……….. धातु भनेर चिनिन्छ ?
A) आधारभूत B) दुर्लभ
C) कीमती D) सिक्का धातुहरू
१२. अपि हिमालको उचाई कति रहेको छ ?
A) ७१३४ मिटर B) ७१३२ मिटर
C) ७०३१ मिटर D) ७२३४ मिटर
१३. सिद्ध गुफा कुन जिल्लामा रहेको छ ?
A) तनहुँ B) बनेपा
C) काभे D) सिन्धुली
१४. पशुपतिमा देवल बनाउने राजा को हुन् ?
A) मानदेव B) सुपुष्प
C) अंशुबर्मा D) शिवदेव प्रथम
१५. मल्लकालमा सिक्का छाप्नेलाई के भनिन्छ ?
A) टक्सारी B) प्रधान
C) सामन्त D) कोतवाला
१६. देश निकाला विरुद्धको हक संविधानको कति धारामा व्यवस्था गरिएको छ ?
A) धारा ४५ B) धारा ४६
C) धारा ४७ D) धारा ४८
१७. संशोधन नभएको संविधान कुन हो ?
A) नेपाल अधिराज्यको संविधान २०१५
B) नेपालको संविधान २०७२
C) नेपाल अधिराज्यको संविधान २०४७
D) नेपाल सरकार वैधानिक कानुन २००४
१८. नेपालको अन्तरिम संविधान २०६३ मा जम्मा कति वटा मौलिक हकहरुको व्यवस्था गरिएको छ ?
A) २१ B) २३
C) २५ D) २७
१९. नेपाली साहित्यमा त्रिमुर्तिमा नपर्ने साहित्यकार तलका मध्ये को हुन् ?
A) भानुभक्त आचार्य B) बालकृष्ण सम
C) लक्ष्मी प्रशाद देवकोटा D) लेखनाथ पौडेल
२०. 16 औं योजनाले २०८५/८६ सम्ममा निरपेक्ष गरिबी कति प्रतिशत झार्ने लक्ष्य लिएको छ ?
A) १० B) १४
C) १५ D) १२
२१. टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा सबभन्दा कम बलमा शतक प्रहार गरी विश्व कीर्तिमान कायम गर्ने क्रिकेटर को हुन् ?
A) साहिल चौहान B) फिन एलेन
C) एबि डिभिलियर्स D) कुशल मल्ल
२२. Father of Geometry भनेर कसलाई चिनिन्छ ?
A) युक्लिड B) आर्किमिडिज
C) आइज्याक न्युटन D) माइकल फराडे
२३. विश्व बैंकको स्थापना कहिले भएको हो ?
A) सन् १९४५ डिसेम्बर २६ B) सन् १९४५ डिसेम्बर २८
C) सन् १९४५ डिसेम्बर २५ D) सन् १९४५ डिसेम्बर २७
२४. नेपाल राष्ट्र बैङ्क, २०५८ बमोजिम बैङ्कले स्थापना गरेको साधारण जगेडा कोषमा बैङ्कको खुद मुनाफाको कति प्रतिशतमा नघट्ने गरी समितिले तोकेको रकम छुट्याइनेछ ?
A) ५ प्रतिशत B) १० प्रतिशत
C) १२ प्रतिशत D) १५ प्रतिशत
२५. नेपालभित्र रकम स्थानान्तरण सम्बन्धी काम कुन वर्गको बैंङ्कले गर्दछ ?
A) “क” वर्ग B) "ख" वर्ग
C) “घ” वर्ग D) “ग” वर्ग
२६. बैंक तथा वित्तीय संस्था ऐन, २०७३ बमोजिम राष्ट्र बैंकले कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्थाले कुनै एक बैंक वा वित्तीय संस्थाको चुक्ता पूँजीको बढीमा कति प्रतिशतसम्म मात्र लगानी गर्न सक्ने व्यवस्था गर्न सक्नेछ?
A) १० प्रतिशत B) १५ प्रतिशत
C) ३० प्रतिशत D) २५ प्रतिशत
२७. नक्कली कागजात पेश गरी खाता खोल्न वा त्यस्तो कागजात पेश गरी खाता खोल्न लगाएमा बैकिङ्ग कसूर तथा सजाय ऐन, २०६४ बमोजिम बिगो खुलेको खण्डमा कस्तो सजायको व्यवस्था गरिएको छ?
A) बिगो भराई बिगो बमोजिम जरिबाना
B) बिगो भराई बिगो बमोजिम जरिबाना र तीन महिनासम्म कैद
C) बिगो भराई बिगो बमोजिम जरिबाना र छ महिनासम्म कैद
D) छ महिनासम्म कैद
२८. सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६८ को दोस्रो संशोधन कहिले भएको थियो ?
A) वि.सं. २०७०/१/१० B) वि.सं. २०६८/६/२७
C) वि.सं. २०७०/१२/१२ D) वि.सं. २०७२/११/१३
२९. नेपाल राष्ट्र बैंकले जारी एकिकृत निर्देशिका बमोजिम बैंक तथा वित्तिय संस्थाले कायम गनुपर्ने कर्जा निक्षेप (CD-Ratio) अनुपातको अधिकत्तम सीमा कति प्रतिशत तोकिएको छ ?
A) ८० प्रतिशत B) ९० प्रतिशत
C) ७० प्रतिशत D) ६० प्रतिशत
३०. CRR को पूर्ण रुप के हो?
A) Cash Reserve Rights B) Capital Reserve Ratio
C) Central Reserve Rights D) Cash Reserve Ratio
३१.जम्मा हिमशृङ्खला कति वटा रहेका छन् ?
A) २६ वटा B) २७ वटा
C) २८ वटा D) २९
३२. बाँके राष्ट्रिय निकुञ्जको क्षेत्रफल कति रहेको छ ?
A) ५३४ वर्ग किमि B) ५५० वर्ग किमि
C) ५५१ वर्ग किमि D) ५५३ वर्ग किमि
३३. फुल फुल्ने बनस्पति कति प्रजातिका छन् ?
A) ५३०९ B) ६०८३
C) २९३ D) २३४५
३४. सुनचाँदि कारोबार गर्न चाहने बैंकले के दस्तावेज तयार गर्नुपर्छ?
A) ग्राहकको सिफारिस
B) आन्तरिक लेखा परिक्षण
C) आन्तरिक नीतिगत दस्तावेज
D) नेपाल राष्ट्र बैंकले दिएको प्रतिवेदन
३५. सुनको रसायनिक संकेत के हो ?
A) Au B) Ag
C) Fe D) Cu
३६. सुनको पग्लिने तापक्रम कति हो ?
A) ९६१८ B) १०६४'C
C) १४१४८ D) ८००८
३७. नेपालको अधिकतम चौडाई कति कि.मि रहेको छ ?
A) १९३ कि.मि B) २४१ कि.मि
C) १४५ कि.मि D) ८८५ कि.मि
३८. नेपालको उत्तरी बिन्दु कहाँ रहेको छ ?
A) ताप्लेजुङ, लेलेप B) कन्चनपुर, दोधारा
C) हुम्ला, च्याङला D) झापा, लोदावरी
३९. प्रधानमन्त्रि भिमसेन थापाको पालामा नेपाललाई कति भागमा विभाजन गरिएको थियो ?
A) १२ B) ३९
C) ६९ D) १६
४०. रारा तालको उपनाम महेन्द्र ताल कहिले राखिएको हो ?
A) वि.स. २०२० चैत्र १३ B) वि.स. २०२० चैत्र १५
C) वि.स. २०२० चैत्र १४ D) वि.स. २०२० चैत्र १६
४१. चुनढुङ्गाको लागि प्रसिद्ध ठाउँ कुन हो ?
A) गोदावरी B) कालीगण्डकी
C) प्युठान D) बाग्लुङ
४२. दरौदि नदिको पौराणिक नाम के हो ?
A) विश्वधारा B) उत्तरगंगा
C) इच्छुमति D) माथिका सबै
४३. सबैभन्दा कम स्थानिय तह भएको जिल्ला कुन हो ?
A) नवलपुर B) सिराह
C) रुकुम पूर्व D) धादिङ
४४. कुण्डहरुको शहर शहर भनेर कुन जिल्लालाई चिनिन्छ ?
A) भक्तपुर B) दोलखा
C) ललितपुर D) जनकपुर
४५. राष्ट्र बैंकले बैंकको इजाजतपत्र कहिले रद्द गर्न सक्छ ?
A) बैंकले धेरै नाफा कमाएमा
B) बैंकले निक्षेपकर्ताको हित विपरित काम गरेमा
C) बैंकले नयाँ प्रविधि अपनाएमा
D) बैंकले कर्मचारीलाई तालिम दिएमा
४६. बैकिङ प्रर्वदन समितिको स्थापना कहिले भयो ?
A) वि.स. २०२५ B) वि.स. २०२६
A) वि.स. २०२७ D) वि.स. २०२८
४७. प्रादेशिक स्तरका ग वर्गका वित्त कम्पनिको चुक्तापुँजी कति रहेको छ ?
A) ५० करोड B) १२० करोड
C) ८० करोड D) १० करोड
४८. सन् २०२५ मा विश्वकै ठूलो धार्मिक मेला प्रयागराज महाकुम्भ मेला कुनकुन नदीको संगममा आयोजना भएको थियो ?
A) गंगा B) जमुना
C) सरस्वती D) माथिका सबै
४९. भारत र पाकिस्तानबिच सन् १९६० मा भएको जलसन्धि भारतद्धारा निलम्बन गर्ने निणर्य कहिले भएको हो
A) सन् २०२५ अप्रिल २३
B) सन् २०२५ अप्रिल २६
C) सन् २०२५ अप्रिल २५
D) सन् २०२५ अप्रिल २७
५०. नइ एकेडेमी अस्ट्रेलिया शाखाद्धारा साहित्यतर्फको नइ पारिजात अवार्ड २०२५ कसलाई प्रदान गरियो ?
A) सीता रसाइली B) राम प्रसाद कोइराला
C) निरु त्रिपाठी D) मिया पुन
Comments
Post a Comment