नेपाल बैंक लिमिटेड,
तेस्रो, कनिष्ठ सहायक (Gold Tester) पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा २०८२
1st paper MCQs
१. FD को पुरारुप के हो ?
A)Fixed Deposit B) Foreign Direct
C) Further Deposit D) None
२. सुन निक्षेप गर्दा निक्षेपको अवधि अधिकत्तम कति वर्ष हुनुपर्दछ ?
A) ३ वर्ष B) ५ वर्ष
C) ६ वर्ष D) ७ वर्ष
३.सुन निक्षेप लिँदा निक्षपकर्ताबाट उपलब्ध हुने सुनको शुद्धता तथा तौलको जाँच गर्ने संयन्त्रको स्थापना गरी कम्तिमा कति Fitness को सुन मात्र स्वीकार गर्नुपर्नेछ ?
A) ९९५ B) ९९६
C) ९९७ D) ९९८
४. नेपाली परम्परागत गहनामा कति क्यारेटको सुन प्रयोग गरिन्छ?
A) १० क्यारेट B) १४ क्यारेट
C) २२ क्यारेट D) १८ क्यारेट
५.सुनको गहनाको सबै भन्दा ठूलो उपभोक्ता देश कुन हो ?
A) USA B) चीन
C) भारत D)UAE
६.चाँदिको मुख्य गुण के हो जसलाई गहना बनाउन उपयुक्त बनाउँछ ?
A) तौल भारी हुनु B) महँगो हुनु
C) चम्किलोपना र लचकता D) चुम्बकीय गुण
७.सुनको प्रमुख विशेषता के हो जसले आभुषण निमार्णमा उपयुक्त बनाउँदछ ?
A) विद्युत् प्रवाह गर्ने क्षमता B) गन्धयुक्त हुनु
C) लचिलोपना र रङ नफिक्किने D) पानीमा घुल्न सक्ने
८. परम्परागत रुपमा बच्चाहरुलाई कुन चाँदीको गहना लगाईन्छ ?
A) औंठी B) कडा
C) पाउजु D) सिकी
९. निम्न मध्ये कुन परम्परागत नेपाली सुनको गहना होइन् ?
A) तिलहरी B) लकेट
C) फूली D) नौगेडी
१०. गहना बनाउन प्रायःकुन प्रकारको चाँदी प्रयोग गरिन्छ ?
A) स्टर्लिङ सिल्भर B) फाइन सिल्भर
C) सिक्का चाँदी D) ब्रिटानिया सिल्भर
११. सिस्ने हिमाल काखमा कुन ताल रहेको छ ?
A) तिलेचो ताल B) फेवा ताल
C) शे - फोक्सुण्डो ताल D)रारा ताल
१२. न्युबिज विजनेस वुमन समिट एन्ड अवार्ड२०२५ मा लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित उद्यमी को हुनुहुन्छ ?
A) आभा शाहा B) ज्ञानी शोभा तुलाधर
C) केश्मा थापा D) सुनैता पाण्डे
१३. वर्ल्ड इको आउटलुकको प्रतिवेदन सन् २०२५ मे अनुसार भारत विश्वको कति औं अर्थतन्त्र बनेको छ ?
A) पहिलो B) दोस्रो
C) तेस्रो D) चौथो
१४. राष्ट्रिय पत्रकारिता दिवस कहिले मनाइन्छ ?
A) बैशाख २४ B) बैशाख २५
C) बैशाख २६ D) बैशाख २७
१५. हाल देशका कति स्थानिय तहमा बैकिङ पहुँच पुगेको छ ?
A) ७५२ वटा B) ७५१ वटा
C) ७५३ वटा D) ७५० वटा
१६. सरकारले बैकिङ कसुर तथा सजाय ऐन २०६४ लाई संशोधन गरी चेक अनादर (बाउन्स) सम्बन्धि कसुरमा कहिले देखि लागु हुने नयाँ कानुनी व्यवस्था गरेको छ ?
A) २०८२ बैशाख २४ B) २०८२ बैशाख २५
C) २०८२ बैशाख २६ D) २०८२ बैशाख २७
१७. पहलगाम घटनालाई लिई एक अर्का विरुद्ध हमलामा उत्रिएका भारत र पाकिस्तान बिच युद्धविराम सहमति कहिले भएको हो ?
A) सन् २०२५ मे ८ B) सन् २०२५ मे ९
C) सन् २०२५ मे १० D) सन् २०२५ मे ११
१८. राष्ट्रिय तथ्यांङ कार्यालयद्धारा वि.स. २०८२ बैशाख १७ मा सार्वजनिक वार्षिक राष्ट्रिय लेखा तथ्याङक २०८१/८२ अनुसार मुलुकको कुल ग्रार्हस्थ उत्पादन कति रहेको अनुमान छ ?
A) रु. ६१ खर्ब ७ अर्ब B) ५३ खर्ब ६७ अर्ब
C) ५२ खर्ब २३ अर्ब D) २० खर्ब २१ अर्ब
१९. सन् २०२४ को युरोकप फुटबल प्रतियोगिता कहिलेदेखि कहिले सम्म आयोजना भएको थियो ?
A) सन् २०२४ जुन १४ देखि जुलाई ११
B) सन् २०२४ जुन १४ देखि जुलाई १३
C) सन् २०२४ जुन १४ देखि जुलाई १२
D) सन् २०२४ जुन १४ देखि जुलाई १४
२०. नेपालको संविधानको कुन धारामा लैंगिक पहिचान सहितको नागरिता सम्बन्धि व्यवस्था गरिएको छ ?
A) धारा १० B) धारा १२
C) धारा १३ D) धारा १४
२१. नागरिकका कर्तव्यहरु कति रहेका छन् ?
A) ४ B) ६
C) ८ D) २
२२. सम्मानपुर्वक बाँच्न पाउने हक कसलाई प्राप्त हुन्छ ?
A) प्रत्येक नेपाली नागरिकलाई B) राष्ट्रपतिलाई
C) प्रत्येक व्यक्तिलाई D) प्रदेश प्रमुखलाई
२३. राज्यको दायित्व कार्यान्वयन सम्बन्ध अदालतमा प्रश्न उठाउन नपाउने व्यवस्था कुन धारामा रहेको छ ?
A) धारा ५२ B) धारा ५५
C) धारा ५४ D) धारा ५६
२४. सरस्वति नाच कुन जातिसँग सम्बन्धित छ ?
A) राई B) क्षेत्री
C) तामाङ D) लिम्बु
२५. राष्ट्रिय जनगणना २०७८ मा नेपालको कुल जनसंख्यामा महिलाको जनसंख्या कति प्रतिशत रहेका छन् ?
A) ५१ प्रतिशत B) ५२ प्रतिशत
C) ५२.६ प्रतिशत D) ५१.०२ प्रतिशत
२६. वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका वित्तिय संस्थाहरुले सामाजिक उत्तरदायित्वकोषमा छुट्याएको रकमलाई वित्तिय साक्षरता प्रर्वधन गर्ने लगायतका क्रियाकलापलाई प्रोत्साहित गर्न प्रत्येक प्रदेशमा न्युनतम कति प्रतिशत हुने गरी खर्च गर्नुपर्दछ भनी एकीकृत निर्देशनमा व्यवस्था गरिएको छ ?
A) ५ प्रतिशत B) १५ प्रतिशत
C) १० प्रतिशत D) २० प्रतिशत
२७. संस्थाले आफ्ना सञ्चालक, प्रमुख कार्यकारी अधिकृत तथा अधिकृत स्तरका कर्मचारीहरु र निजका परिवारको नाममा रहेको चलअचल सम्पत्ति र बैंक तथा वित्तिय संस्थाबाट लिएको ऋणको विवरण हरेक आर्थिक वर्ष समाप्त भएको कति दिनभित्र अद्यावधिक गरी राख्नुपर्दछ ?
A) १५ दिन B) ४५ दिन
C) ३४ दिन D) २० दिन
२८. सम्पत्ति शुद्धिकरण निवारण ऐन २०६४ को दोस्रो संशोधन कहिले भयो ?
A) २०७० चैत्र १२ B) २०७० चैत्र १७
C) २०७० चैत्र १४ D) २०७० चैत्र १९
२९. बेनामी वा काल्पनीक नाममा कारोबार गर्न नहुने भनी सम्पत्ति शुद्धिकरण निवारण ऐनको कति परिच्छेदमा व्यवस्था गरेको छ ?
A) परिच्छेद १ B) परिच्छेद २
C) परिच्छेद ३ D) परिच्छेद ४
३०. २०८१ चैत्र मसान्त सम्ममा धितोपत्र बजार पुँजीकरण कति रकम कायम भएको छ ?
A) रु ४४२५ अर्ब ४० करोड B) रु ३४२५ अर्ब ४० करोड
C) रु ४४२५ अर्ब ३० करोड D) रु ४४२५ अर्ब २० करोड
३१. २०८१ चैत्र मसान्तमा बैंक तथा वित्तिय संस्थाहरुको कुल निक्षेपमा चल्ति निक्षेपको अंश कति रहेको छ ?
A) ५.२ प्रतिशत B) ५.१ प्रतिशत
C) ५.७ प्रतिशत D) ८ प्रतिशत
३२. हाल ग वर्गका वित्त कम्पनीहरुको शाखा संख्या कति रहेका छन् ?
A) २०१ B) २९१
C) २९० D) २९४
३३. सदरमुलुकी खानाद्धारा वि.स. २००२ आश्विन १ गते प्रथम पटक कागजी नोट निष्काशन गर्दा कतिकति दरका नोटहरु निष्काशन गरिएको थियो ?
A) रु १,२,५ र १० का नोटहरु B) रु १,५, १० र २० का नोटहरु
C) रु १,५, १० र ५०का नोटहरु D) रु १,५,१० र १०० का नोटहरु
३४. नेपाल राष्ट्र बैंकद्धारा सर्वप्रथम कहिले नोट निष्काशन गरिएको हो ?
A) वि.स. २००७ फागुन ७ B) वि.स. २०१३ फागुन ७
C) वि.स. २०१६ फागुन ७ D) वि.स. २०१७ फागुन ७
३५. बैंक कसुर तथा सजाय ऐन २०६४ बमोजिम फिर्ता गरिएको चेकमा उल्लेख गरिए बमोजिको रकम भुक्तानी माग्दा खातामा आवश्यक रकम मोज्दात नरहेको कारणबाट भुक्तानी दिन नसकिने भएमा बैंक तथा वित्तिय संस्था वा सहकारी बैंकले कति दिनभित्र सम्बन्धित खातावालाले चेक अनादर गरेको व्यहोरा प्रमाणित गरी त्यस्तो चेक धारकलाई फिर्ता गरिदिनुपर्नेछ।
A) ३ दिन B) ४ दिन
C) ५ दिन D) ६ दिन
३६. अनादर भएको चेक प्रमाणित भई चेक जारी गरी दिने खातावालालाई बिगोको कति प्रतिशत जरिवाना हुने व्यवस्था छ ?
A) ३ प्रतिशत B) ५ प्रतिशत
C) ६ प्रतिशत D) ७ प्रतिशत
३७. बैकिङ कसुर तथा सजाय ऐन २०६४ को दास्रो संशोधन कहिले भयो ?
A) वि.स. २०८२ बैशाख १२ B) वि.स. २०८२ बैशाख २८
C) वि.स. २०८२ बैशाख १५ D) वि.स. २०८२ बैशाख २४
३८. बैंक तथा वित्तिय संस्था ऐन २०७३ बमोजिम सम्पुर्ण निक्षेप तथा दायित्व तोकिएको समयभित्र फिर्ता वा पुरा गरेको हुनुपर्ने व्यवस्था कति दफामा व्यवस्था गरिएको छ ?
A) दफा ७६ B) दफा ७७
C) दफा ११ D) दफा ७९
३९. बैंक तथा वित्तिय संस्थाको बाध्यकारी खारेजी सम्बन्धि व्यवस्था कति परिच्छेदमा व्यवस्था गरिएको छ ?
A) दफा १० B) दफा ७८
C) दफा १२ D) दफा १३
४०. बैंक तथा वित्तिय संस्थाको संस्थापकले वित्तिय कारोबार सञ्चालन गरेको कम्तिमा कति वर्ष नपुगे सम्म आफ्नो नामको शेयर बिक्रि गर्न वा धितोबन्धन राख्न पाउने छैन ?
A) ५ वर्ष B) ६ वर्ष
C) ८ वर्ष D) ९ वर्ष
४१. दुधकोशी नदीको पौराणिक नाम के हो ?
A) यशोधरा B) रुद्रमति
C) सत्यवाहिनी D) भद्रावति
४२. ६ ओटा निर्वाचन क्षेत्र भएको जिल्ला कुन हो ?
A) मोरङ B) कैलाली
C) काठमाण्डौँ D) झापा
४३. नेपालको कुल क्षेत्रफलमा चरन क्षेत्रले कति क्षेत्रफल ओगटेको छ ?
A) १२ प्रतिशत B) १४ प्रतिशत
C) १५ प्रतिशत D) १८ प्रतिशत
४४.क्षेत्रफलमा सबैभन्दा ठूलो गाउँपालिका कुन हो ?
A) नाम्खा हुम्ला B) परवानीपुर बारा
C) सुर्मा D) खप्तड
४५. देशकै उत्कृष्ट घोषित हुन सफल होमस्टे गाउँ कुन हो ?
A) भादा, कैलाली B) चटकपुर, कैलाली
C) गोदावरी, कैलाली D) माथिका सबै
४६. सगरमाथा चुचरोको औसत चौडाई कति किमि रहेको छ ?
A) ५ किमि B) ६ किमि
C) ७ किमि D) ८ किमि
४७. नेपालको सबैभन्दा अग्लो देविस्थान कुन हो ?
A) पाथिभरा B) न्यातपोल
C) नौतले D) दक्षिणकाली
४८. नेपालको चेरापुञ्जी भनेर कुन ठाउँलाई चिनिन्छ?
A) कोशीटप्पु B) वालिङ
C) धनकुटा D) कास्कीको लुम्ले
४९. काठमाण्डौँ जिल्लाको क्षेत्रफल कति वर्ग कि.मि. रहेको छ ?
A) ३२५ वर्ग किमि B) ३२७ वर्ग किमि
C) ३९५ वर्ग किमि D) ३२२ वर्ग किमि
५०. वीर शमशेरको पालामा तराईलाई कति जिल्लामा विभाजन गरिएको थियो ?
A) १२ वटा B) १३ वटा
C) १४ वटा D) १५ वटा
:: BEST OF LUCK ::
Comments
Post a Comment