प्रश्न 1:चेक भनेको के हो? यसका प्रकारहरू उल्लेख गर्नुहोस्।
चेक एक प्रकारको लिखित आदेश हो जसको माध्यमबाट बैंक खाताबाट पैसा झिक्न सकिन्छ।
चेक बैंकले आफ्ना खातावालालाई प्रदान गर्ने यस्तो कागजात हो, जसको प्रयोग गरी उनीहरूले आफू वा अन्यलाई भुक्तानी गराउन सक्छन्।
यो एक विनिमयपत्र हो जुन कुनै बैंकको नाममा तयार गरिएको हुन्छ र सो चेक देखाउँदै माग गरेपछि तुरुन्तै रकम भुक्तानी गरिन्छ। ग्राहकले आफ्नो खातामा भएको रकम बैंकमार्फत निकाल्न वा अरू कसैको खातामा जम्मा गराउन चेकको प्रयोग गर्छ।
नेपाल राष्ट्र बैंक ऐन अन्तर्गत निश्चित ढाँचामा तयार पारिएको र खातावालाको हस्ताक्षर भएको यो आदेश बैंकका लागि शर्तरहित हुन्छ।
लेखक ए.एन. अग्रवालका अनुसार, "आदेश दिएको व्यक्ति वा उपकरण (चेक) को बाहकलाई मात्र माग गरिएको समयमा निश्चित रकम भुक्तानी दिनु भनी तोकिएको बैंकलाई जारीकर्ताले हस्ताक्षर गरि तोकिएको बैंकलाई दिने शर्तरहित आदेश चेक हो "ן
चेकका प्रमुख प्रकारहरू:
क. बाहक चेक (Bearer Cheque):
यो चेक जसले समन्धित बैंकमा प्रस्तुत गर्छ वा लिएर आउँछ उसलाई भुक्तानी दिन भनि लेखिएको चेक नै बाहक चेक हो।
ख. आदेश चेक (Order Cheque):
यस प्रकारको चेकमा कुनै तोकिएको व्यक्तिको नाम उल्लेख गरिएको हुन्छ र रकम पनि त्यही व्यक्तिलाई वा उसको आदेशमा अर्कोलाई मात्र दिन सकिन्छ। चेकको पछाडि हस्ताक्षर गरेर मात्र भुक्तानी लिइन्छ। बाहक चेकभन्दा सुरक्षित मानिन्छ।
ग. रेखांकित चेक (Crossed Cheque):
रेखांकित चेक भन्नाले चेकको माथिल्लो बायाँ भागमा दुईवटा समान्तर रेखा कोरिएका हुन्छन्, जसको अर्थ उक्त चेक रकम सिधै बैंक खातामा जम्मा हुनुपर्छ। यस प्रकारको चेक दुई किसिमको हुन्छ:
साधारण रेखांकित चेक (General Crossing):
यसमा कुनै खातामा रकम जम्मा गर्न सकिन्छ, तर कहिलेकाहीं तेस्रो पक्षले पनि रकम पाउने सम्भावना हुन्छ।विशेष रेखांकित चेक (Special Crossing / A/C Payee):
यसमा "A/C Payee" लेखिएको हुन्छ र यस चेकबाट रकम केवल चेकमा उल्लेखित व्यक्तिको खातामा मात्र जम्मा गर्न सकिन्छ। यस्तो चेक धेरै सुरक्षित मानिन्छ।
प्रश्न 2: बैंक ड्राफ्ट भनेको के हो? ड्राफ्टका प्रकारहरु व्याख्या गर्नुहोस् ।
बैंक ड्राफ्ट भन्नाले एक किसिमको अग्रिम रूपमा भुक्तानी गरिएको वित्तीय कागजात हो, जुन जब प्राप्तकर्ताले तोकिएको बैंकमा बुझाउँछन्, तब त्यो बैंकले निश्चित रकमको पूरै भुक्तानी गर्दछ।
यस प्रक्रियामा चार मुख्य पक्षहरू संलग्न हुन्छन्:
ग्राहक (Sender): जसले ड्राफ्टको माग गर्दछ।
प्राप्तकर्ता (Payee): जसले रकम पाउँछ।
ड्राफ्ट जारी गर्ने बैंक: जसले ड्राफ्ट तयार गर्छ।
भुक्तानी गर्ने बैंक: जसले वास्तविक भुक्तानी गर्छ।
ड्राफ्टका प्रमुख प्रकारहरू:
ड्राफ्टका मुख्य प्रकारहरु निम्नबमोजिम छन् ।
क्यासियर चेक:
बैंकले ग्राहकबाट नगद लिई वा खाताबाट रकम कटौती गरी क्यासियरको हस्ताक्षरसहित जारी गर्ने चेक हो।
यस्ता चेकहरू विशेष गरी रियल स्टेट वा दलाली कारोबारमा प्रयोग हुन्छन्, र ग्राहकको खाता नभए पनि जारी गर्न सकिन्छ।सर्टिफाइड चेक (Certified Cheque):
ग्राहकले चेकमा हस्ताक्षर गरेपछि बैंकका अधिकारीद्वारा छाप र प्रमाणिकरण गरिने चेक हो।
यसलाई कहिलेकाहीं म्यानेजर चेक वा ट्रेजरर चेक पनि भनिन्छ।मनि अर्डर (Money Order):
क्यासियर चेक जस्तै कार्य गर्ने तर सानो रकमको लागि मात्र प्रयोग गरिने माध्यम हो।
यो गैर-बैंकिङ्ग वित्तीय संस्थाहरू वा हुलाक सेवाबाट जारी गरिन्छ र प्रायः USD 1000 भन्दा कमको हुन्छ।
प्रश्न 3: बैंकमा कर्मचारीले चेक ह्यान्डल गर्दा ध्यान दिनुपर्ने मुख्य कुराहरू उल्लेख गर्नुहोस्।
चेक एक यस्तो कागजात हो जुन ग्राहकको आदेशमा बैंकले तुरुन्तै भुक्तानी गर्नुपर्छ। बैंकमा कार्यरत कर्मचारीले चेकको व्यवस्थापन गर्दा निम्न बुँदामा विशेष ध्यान दिनुपर्छ:
मिति परीक्षण:
चेक ६ महिनाभन्दा पुरानो (स्टेल) वा भविष्यको मिति भए-नभएको हेर्नुपर्छ। यी दुवै परिस्थितिमा चेक भुक्तानी दिनु हुँदैन ।चेक bearer, order, वा cross कस्तो खालको हो सोही अनुसार बियर भए चेक बाहकलाई, अर्डर भए परिचय खुलाएर र क्रस भए खातामा जाने गरी भुक्तानी दिनुपर्छ ।
रकमको उपलब्धता:
खातामा पर्याप्त रकम भए मात्र चेक भुक्तानी दिनुपर्छ।अंक र अक्षर मिलान:
चेकमा रकम अंक र अक्षरमा समान रूपमा लेखिएको हुनुपर्छ।हस्ताक्षर पुष्टि:
ग्राहकको हस्ताक्षर बैंकको CBS प्रणालीबाट मिलाउनु आवश्यक छ।अनि मिलेमा मात्र भुक्तानी दिनुपर्छ ।दरपीठ चेक:
अरू कसैको नाममा चेक सुम्पिएको भए, त्यसको पछाडि स्पष्ट हस्ताक्षर भएको हुनुपर्छ।मसीको प्रयोग:
राष्ट्र बैंकको निर्देशन अनुसार चेक एउटै रंगको मसी (कालो) मा लेखिएको हुनुपर्छ।नगद भुक्तानीको तयारी:
चेकमा माग भएको नगद रकम डिनोमिनेसनअनुसार दिनुपर्छ ।ड्राफ्ट बनाउने प्रक्रिया:
ग्राहकले चाहना व्यक्त गरेमा सो चेकमार्फत बैंक ड्राफ्ट बनाइदिनु पर्छ।
प्रश्न 4:बैंक ड्राफ्ट भनेको के हो? बैंक ड्राफ्ट कुशल तरिकाले उपयोग गर्न के के कुरामा ध्यान दिनुपर्छ ?
बैंक ड्राफ्ट भन्नाले एक किसिमको पूर्वभुक्तानी गरिएको वित्तीय कागजात (विनिमय पत्र) हो। जब प्राप्तकर्ताले यो ड्राफ्ट तोकिएको बैंकमा बुझाउँछन्, भुक्तानी दिने बैंकले तोकिएको रकम पूर्ण रूपमा तिर्छ।
बैंक ड्राफ्ट कुशल रूपमा प्रयोग गर्न ध्यान दिनुपर्ने मुख्य कुराहरू:
बैंक ड्राफ्ट कुशल तरिकाले उपयोग गर्न निम्न कुरामा ध्यान दिनुपर्छः
सक्कली वा नक्कली भएको पुष्टि गर्ने:
ठूला रकमको कारोबार (जस्तै सवारी खरिद) मा प्रयोग हुने ड्राफ्ट नकली हो कि होइन भन्ने जाँच गर्न आवश्यक छ।चोरी हुनबाट जोगाउने:
ड्राफ्ट सुरक्षित राख्नुपर्छ ताकि कसैले अनधिकृत रूपमा प्रयोग गर्न नसकोस्।स्पष्ट रेकर्ड राख्ने:
ड्राफ्टसँग सम्बन्धित सबै विवरणहरू व्यवस्थित रूपमा अभिलेख राख्नुपर्छ।समस्या आएमा तुरुन्त सम्पर्क गर्ने:
ड्राफ्टमा कुनै गडबडी भएमा ढिलाइ नगरी सम्बन्धित बैंकसँग सम्पर्क गर्नुपर्छ।भुक्तानीको प्रमाण सुरक्षित राख्ने:
ड्राफ्ट मार्फत भुक्तानी भइसकेपछि प्राप्त प्रमाणहरू सुरक्षित राख्नुपर्छ, भविष्यमा प्रमाणित गर्न आवश्यक पर्न सक्छ।भुक्तानीको अवस्था बुझ्ने:
विशेषतः ठूला रकमको हकमा प्राप्तकर्ताले रकम झिकेको छैन भने केही दिनपछि बैंक वा प्राप्तकर्तासँग सोधपुछ गर्नुपर्छ।
निष्कर्ष:
बैंक ड्राफ्ट सुरक्षित र भरपर्दो भुक्तानी माध्यम हो। यसको प्रयोग गर्दा सावधानी अपनाइएमा ठूला कारोवारमा हुने जोखिमलाई न्यून गर्न सकिन्छ। योग्य र सतर्क प्रयोगकर्ता वा कर्मचारीले यसलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न सक्दछ।
प्रश्न 5: चेक हिसाब मिलान भनेको के हो? चेक हिसाब मिलान प्रक्रिया स्पष्ट पार्नुहोस्।
चेक हिसाब मिलान भन्नाले ग्राहकले बैंकमा बुझाएका चेकहरूमध्ये कति चेकको भुक्तानी भइसकेको छ, कति बाँकी छ र कति चेक अमान्य (रद्द) वा भुक्तानी हुन नसक्ने अवस्थामा छन् भन्ने जानकारी दिने प्रक्रिया हो।
यो प्रक्रिया म्यानुअल तरिकाले वा सफ्टवेयर प्रणाली मार्फत सञ्चालन गर्न सकिन्छ।
चेक हिसाब मिलान प्रक्रिया:
ग्राहकबाट चेक विवरण संकलन:
ग्राहकले जारी गरेका सबै चेकहरूको सूची मागिन्छ।चेक प्राप्त भएको मिति परीक्षण:
बैंकले आफ्नो प्रणालीमा ती चेकहरू कुन मितिमा प्राप्त भए भन्ने विवरण जाँच गर्छ।प्राप्त नभएको चेक पहिचान:
यदि कुनै चेक प्रणालीमा देखिएको छैन भने, त्यो चेक अझै प्रस्तुत नभएको बुझिन्छ।मिलान भइसकेका चेकहरू छुट्याउने:
पहिल्यै मिलान भएका (भुक्तानी भइसकेका) चेकहरूलाई गणनाबाट अलग गरिन्छ।मिलान नभएका चेकहरूको सूची बनाउने:
अझै भुक्तानी नभएका चेकहरूको विवरण तयार गरिन्छ र खोजी प्रक्रिया सुरु गरिन्छ।ग्राहकसँग भएका चेक पहिचान गर्ने:
कतिपय चेक ग्राहककै साथमा भएका कारण सुरुवातमा नदेखिएका हुन सक्छन्, ती चेक पत्ता लागेपछि मिलान गरिएको मानिन्छ।बैंकमै अड्किएका चेकहरूको व्यवस्थापन:
यदि कुनै चेक बैंकमै रोकिएको पाइयो भने, त्यसको भुक्तानी गरी विवरण ग्राहकलाई बुझाइन्छ।नभेटिएका चेक रद्द गर्ने:
खोजी गर्दा पनि फेला नपरेका चेकहरू दुरुपयोग हुन नदिन रद्द गरिन्छन्।
निष्कर्ष:
चेक हिसाब मिलानले बैंक र ग्राहकबीचको लेनदेन स्पष्ट पार्न मद्दत गर्छ। यसले चेकसम्बन्धी समस्याहरू समाधान गर्न, दुरुपयोग रोक्न, र वित्तीय पारदर्शिता कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्दछ।
प्रश्न 6:बैंकमा बिल कलेक्सन कारोबार कसरी गरिन्छ?
बैंकमा बिल कलेक्सन कारोबार भन्नाले चेक, ड्राफ्टजस्ता भुक्तानी कागजातहरू संकलन गरेर क्लियरिङ प्रणालीमार्फत रकम संकलन गर्ने प्रक्रिया हो। यो प्रक्रिया दुई प्रकारले सञ्चालन गरिन्छ: Outward Bill Collection र Inward Bill Collection।
१. Outward Bill Collection (बाह्य बिल संकलन):
यो प्रक्रिया तब हुन्छ जब ग्राहकबाट लिइएका चेक वा ड्राफ्टहरू अन्य बैंकमा पठाइन्छन् भुक्तानी संकलनका लागि।
मुख्य प्रक्रिया:
ग्राहकबाट लिइएका कागजात (जस्तै चेक, बैंक ड्राफ्ट) क्लियरिङ हाउसमा पठाइन्छ।
क्लियरिङ हाउसको डिजिटल प्रणालीमार्फत ती कागजातहरू भुक्तानीकर्ता बैंकमा पठाइन्छ।
सम्बन्धित बैंकले खाताको मौज्दात, हस्ताक्षर मिलानजस्ता प्रक्रिया पूरा गरेर भुक्तानी योग्य ठहर गर्छ।
त्यसपछि रकम संकलन गर्ने बैंकले ग्राहकको खातामा भुक्तानी जम्मा गर्छ।
२. Inward Bill Collection (आन्तरिक बिल संकलन):
यो प्रक्रिया तब हुन्छ जब अरू बैंकबाट पठाइएका चेक, ड्राफ्टजस्ता कागजातहरू भुक्तानीका लागि आफ्नै बैंकमा प्राप्त हुन्छन्।
मुख्य प्रक्रिया:
अन्य बैंकबाट चेक, ड्राफ्टजस्ता कागजातहरू क्लियरिङ हाउसमार्फत प्राप्त हुन्छन्।
ती कागजातहरूको वैधता (मिति, दस्तखत, रकम आदि) परीक्षण गरिन्छ।
प्रमाणित भएपछिको अवस्थामा सम्बन्धित ग्राहकको खाताबाट रकम कटौती गरी भुक्तानी गरिन्छ।
प्रश्न 7. छोटकरीमा लेख्नुहोस्: Documentary Collection र Clean Collection
Documentary Collection (कागजातयुक्त संकलन):
आयातकर्ता (buyer) बाट भुक्तानी लिने क्रममा बैंकले वाणिज्य कागजातहरू (जस्तै: Invoice, Bill of Lading, Insurance आदि) संलग्न गरेर प्रक्रिया अघि बढाउँछ।
बैंकले ती कागजातहरू नियन्त्रणमा राख्छ र भुक्तानी प्राप्त भएपछि मात्र आयातकर्तालाई सामान डेलिभरीको अनुमति दिन्छ।
यसमा वित्तीय कागजात र वाणिज्य कागजात दुवै हुन सक्छन्।
Clean Collection (कागजातविहीन संकलन):
बैंक मार्फत सिर्फ Bill of Exchange प्रयोग गरेर भुक्तानी लिने प्रक्रिया हो।
यसमा वाणिज्य कागजातहरू समावेश हुँदैनन्।
प्रक्रिया छरितो र साधारण हुन्छ, तर उच्च भुक्तानी सुरक्षाको आवश्यकता पर्दैन।
४. दुवै संकलनको उद्देश्य:
व्यावसायिक कारोबारलाई सुचारु बनाउने
अन्तरदेशीय व्यापारलाई सहज बनाउने
बैंकलाई लगानी नगरी सेवा शुल्कबाट मुनाफा आर्जन गराउने
कागजातको नियन्त्रणमार्फत सामानको स्वामित्व र डेलिभरी सुरक्षित बनाउने
आयात-निर्यात कारोबारमा वित्तीय सुरक्षाको प्रत्याभूति दिने
अन्तर्राष्ट्रिय कारोबारमा हुने जोखिमको व्यवस्थापन गर्ने
यसरी Documentary र Clean Collection ले बैंकिङ कारोबार र अन्तर्राष्ट्रिय व्यापारलाई सुरक्षित, व्यवस्थित र विश्वसनीय बनाउँछ।
प्रश्न 8. चेक र ड्राफ्टबीच भिन्नता लेख्नुहोस् ।
चेकर ड्राफ्ट दुवै विनिमेय अधिकारपत्र ऐन, २०३४ ले तोकअनुसार विनिमेय अधिकारपत्र हुन्। यी दुई बीचको भिन्नता निम्न बमोजिम रहेको छ ।
निष्कर्ष:
चेक र ड्राफ्ट दुवै बैंकिङ उपकरण हुन् तर चेक ग्राहकले जारी गर्छ भने ड्राफ्ट बैंक आफैले जारी गर्छ। ड्राफ्ट चेकभन्दा सुरक्षित मानिन्छ किनभने यसमा रकमको मौज्दात सुनिश्चित हुन्छ।
Comments
Post a Comment