Skip to main content

Top Current Affairs | Top 15 GK for Loksewa

 


“२०२५ का महत्वपूर्ण समसामयिक घटनाहरू | Top 15 GK for Loksewa”]


Q1.विश्व खुशी सुचकांक 2025  मा नेपालको स्थान कती औ छ ?


2025 मा नेपालको स्थान:  92औं स्थान (2024 मा 93औं स्थान)
                                प्राप्त अंक: 5.311

पहिलो स्थानमा रहेका मुलुकहरू (Top 5):

  1. फिनल्याण्ड 🇫🇮 (लगातार 8 औं पटक)

  2. डेनमार्क

  3. आईसल्याण्ड

  4. स्विडेन

  5. नेदरल्याण्ड

अन्तिम स्थानमा रहेका मुलुकहरू (Bottom 5):

143. जिम्बाब्वे

144. मलावी

145. लेवनान

146. सियरा लियोन

147. अफगानिस्तान 🇦🇫

विश्व खुशी सूचकांक प्रकाशन गर्ने संस्था : संयुक्त राष्ट्रसंघको Sustainable Development Solutions Network

सार्क राष्ट्रहरूको स्थिति:

  • नेपाल – 92

  • पाकिस्तान – 109

  • भारत – 118

  • श्रीलंका – 133

  • बंगलादेश – 134

  • अफगानिस्तान – 147

  • माल्दिभ्स र भूटान समावेश गरिएको छैन



Q2.विश्व खुशी दिवस कहेले मनाइन्छ ?

विश्व खुशी दिवस: हरेक वर्ष मार्च 20 मा मनाइन्छ

  • 2025 को नारा: “Caring and Sharing”

  • 2024 को नारा: “Reconnecting For Happiness: Building Resilient Communities”

  • 2023 को नारा: “Be Mindful, Be Grateful, Be Kind”


Q3.विश्व खाद्य सुरक्षा दिवस २०२५ -World Food Security Day 2025 को नारा के रहेको छ ? 

विश्व खाद्य सुरक्षा दिवस २०२५ को नारा:“Food safety: science in action!”

  • 2082 को  राष्ट्रिय नारा (नेपाल): “खाद्य पदार्थमा स्वच्छताः विज्ञानको अपरिहार्यता”

विश्व खाद्य सुरक्षा दिवस हरेक वर्ष जुन ७ मा मनाइन्छ।

  • २०२५ मा यो सातौं विश्व खाद्य सुरक्षा दिवस रहेको छ ।

  • यस वर्ष नेपालमा १७ औं राष्ट्रिय खाद्य स्वच्छता दिवस हो ।

  • २०२४ को नारा: ➤ “Food safety: Prepare for the unexpected”

  • सन् २०१८ डिसेम्बर २० मा, 🌐 संयुक्त राष्ट्र संघको ७३ औं महासभाले विश्व खाद्य सुरक्षा दिवस जुन ७ मा मनाउने आधिकारिक घोषणा गरेको थियो ।

  • सन् २०१९ जुन ७ मा पहिलोपटक मनाइएको  थियो ।

  • 🇳🇵 नेपालको सन्दर्भमा : ➤ सन् २००८ (वि.सं. २०६५) देखि नेपालले मनाउँदै आईरहेको छ ।


Q4.युईएफए नेसन्स लिग फुटबल २०२५ (UEFA Nations League 2025) विजेता राष्ट्र कुन हो ?

विजेता राष्ट्र : 🇵🇹 पोर्चुगल (Portugal)

  • उपविजेता राष्ट्र :🇪🇸 स्पेन (Spain)

  • फाइनल नतिजा : पोर्चुगलले स्पेनलाई ५–३ ले पराजित गर्यो

  • फाइनल खेल स्थल :एलियनज अरेना, म्यूनिख, जर्मनी

  • मिति : ८ जुन २०२५

🌟 विशेष उपलब्धि :पोर्चुगल पहिलो राष्ट्र बन्यो जसले UEFA Nations League २ पटक जितेको हो

🏆 पोर्चुगलका प्रमुख अन्तर्राष्ट्रिय उपाधिहरू :
➤ युरो २०१६
➤ नेसन्स लिग २०१९
➤ नेसन्स लिग २०२५

Man of the Match : नुनो मेन्डेस (Nuno Mendes) – पोर्चुगल


Q5.हाल बिमामा पहुँच पुगेको  जनसङ्ख्या कति छ ?

बिमाको पहुँच पुगेको जनसंख्या : ४७.३९ प्रतिशत

📊 स्रोत :नेपाल बिमा प्राधिकरणद्वारा २०८२ जेठ २३ मा सार्वजनिक गरिएको तथ्याङ्क अनुसार सबै प्रकृतिको बिमालेख गरेर बिमाको पहुँच ४७.३९ प्रतिशत रहेको छ ।

📉 बिमाको पहुँचबाहिर रहेका नागरिक :५३.६१ प्रतिशत नागरिक अझै बिमाको दायरामा आउन बाँकी छ ।



Q6.🌾राष्ट्रिय धान दिवस २०८२ को नारा के रहेको छ ?

२०८२ को नारा :“धान बालीमा सघनताः खाद्यसुरक्षा र आत्मनिर्भरता” 

  • राष्ट्रिय धान दिवस: हरेक वर्ष असार १५ मा मनाइन्छ।

  • २०८२ मा: यो २२ औं राष्ट्रिय धान दिवस हुनेछ।

  • वि.सं. २०६२ असार १५ मा पहिलो पटक मनाइएको

  • पहिलो धान दिवसको नारा :“धान नै  जीवन हो” रहेको थियो।

  • धान दिवस मनाउने निर्णय :वि.सं. २०६१ मंसिर २९ मा

  • वि.सं. २०८१ को नारा :“जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि”

  • वि.सं. २०८० को नारा: "जलवायु अनुकूलित कृषक मैत्री प्रविधि, धान उत्पादनमा वृद्धि"

🌾 धानसँग सम्बन्धित थप तथ्यहरू:

  • 🌐 सन् २००४ लाई अन्तर्राष्ट्रिय धान वर्षको रूपमा संयुक्त राष्ट्रसंघले मनाएको

  • 🇳🇵 नेपालमा उत्पादन हुने पहिलो खाद्यबाली : धान

  • बढी धान उत्पादन हुने जिल्ला : झापा

  • 🏔 धान खेती नहुने जिल्ला : मनाङ र मुस्ताङ

  • 🌍 विश्वमा सबैभन्दा बढी उचाइमा धान खेती हुने स्थान : जुम्ला (३०५० मीटर)

  • 🌾 विश्वको उच्चतम स्थानमा फल्ने धान : जुम्ली मार्सी

  • 🌐 धान खेतीको सुरुआत : चीनबाट

  • 🌍 विश्वमा सबैभन्दा धेरै धान उत्पादन गर्ने देश : चीन

  • 🔬 धानको वैज्ञानिक नाम : Oryza Sativa (ओराइजा साटिवा)

  • 🌾 नेपालमा सबैभन्दा धेरै धान उत्पादन हुने प्रदेश : मधेस प्रदेश




Q7. राष्ट्रिय सूचना दिवस २०८२ को नारा के रहेको छ ?

२०८२ को नारा : “सूचना हाम्रो अधिकार : सुशासन र विकासको आधार”

  • हरेक वर्ष भदौ ३ गते नेपालमा राष्ट्रिय सूचना दिवस मनाइन्छ

  • वि.स.२०८२ सालमा मनाइने १९औं राष्ट्रिय सूचना दिवस हो।

  •  वि.सं. २०६४ साल देखि नेपाल मा राष्ट्रिय सूचना दिवस मनाउँदै आएको छ।

  • नेपालको संविधानको धारा २७ अनुसार सूचनाको हकसम्बन्धी ऐन, २०६४जारी भई  कार्यान्वयनमा आएको सोही दिन भदौ ३ गते लाई राष्ट्रिय सूचना दिवसको रूपमा मनाइन्छ ।


Q8.Miss World 2024 को विजेता को हुन्?

विजेता: 🇨🇿 चेक रिपब्लिककी क्रिस्टिना पिस्ज्कोभा (Krystyna Pyszková) उनले ९ मार्च २०२४ मा भारतको मुम्बईमा आयोजित ७१ औं मिस वर्ल्ड प्रतियोगितामा ताज जितेकी थिइन्।





🌍 अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता विजेता (२०२४/२०२५):

प्रतियोगिता

संस्करण

विजेता

नेपालबाट सहभागिता

सम्पन्न देश

Miss World

७१ औं, २०२४

क्रिस्टिना पिस्ज्कोभा

(चेक रिपब्लिक)

प्रियंकारानी जोशी

भारत

Miss Universe

७३ औं, २०२४

भिक्टोरिया जेरे (Denmark)

सम्पदा घिमिरे

मेक्सिको सिटी

Miss Earth

२४ औं, २०२४

Jessica Lane (अष्ट्रेलिया)

सुमना के.सी.

फिलिपिन्स

Miss International

६२ औं, २०२४

हुइनस्थियान (भियतनामकी नागरिक)

करुणा रावत

जापान

👑 नेपाल-आधारित सौन्दर्य प्रतियोगिता विजेता:

  • Miss Nepal 2024: आश्मा कुमारी के.सी.

  • मिसेस नोबल नेपाल २०२५: सन्ध्या लामिछाने



Q9.विश्वकै लामो मुक्तिनाथ केबुलकारको लम्बाइ कति रहेको छ ?

उत्तर: ८१.०१४ किमि

  • यो परियोजना विश्वकै सबैभन्दा लामो केबुलकार हो

  • वि.सं. २०८२ जेठ २२ मा बसेको लगानी बोर्डको बैठकले
    सो परियोजनाको  कुल ५७ अर्ब ६४ करोड लगानी स्वीकृत गरेको

Q10. दोस्रो प्रादेशिक कविता महोत्सव २०८२ कहिले सम्पन्न भएको हो ?

 उत्तर:मिति:वि.सं. २०८२ जेठ २४–२५ गते

  • धनगढी, कैलाली




Q11.नेपाली कराँते स्टार एरिका गुरुङ विश्व वरीयतामा कतिऔं स्थानमा रहन सफल भएकी छन् ?


उत्तर:२७औं स्थान (२०२५ जुन)

  •  यसअघि उनी विश्व वरीयतामा ५० औं स्थानमा थिइन् ।

  • एरिका गुरुङ ले १९ औं एसियाली खेलकुद २०२३ मा महिला ६८ केजी तौल समूहमा रजत पदक जितेर नेपालका लागि ऐतिहासिक उपलब्धि हासिल गरेकी थिइन्। यो नेपालको कराँतेमा पहिलो रजत पदक थियो।

  • नेपाल कराँते महासंघ ले उनलाई "हिमालयन वारियर" उपाधिबाट सम्मान गरेको छ।

  • उनले २०२४ मा २० औं एसियाली कराँते च्याम्पियनसिप मा पनि रजत पदक जितेकी थिइन्, जसले उनको विश्व वरीयतामा उक्लने आधार बनायो।


Q12.राष्ट्रिय कृषक दिवस २०८२ को नारा के रहेको छ ?

२०८२ को नारा:“कृषक कर्मको धार, देश विकासको मुख्य आधार”

  • २०८२ जेठ २७ गते मनाइएको-१३औं राष्ट्रिय कृषक दिवस हो ।

  • २०८१ जेठ २७  को नाराः "मानवीय विकासको मुख्य आधार कृषक समुदायको विकास गरि समग्र समाजको विकासमा सहयोगी बनौं” रहेको थियो।

  • सर्वप्रथम कृषक दिवस ➤ वि.सं. २०२१ साल, परवानीपुर, बारा मा मनाइएको थियो

  • औपचारिक सुरुवात: २०७० जेठ २७, रुपन्देहीमा कृषक सेवा अध्यक्ष शिव प्रसाद धवल (देव धवल) को सल्लाहमा सुरु गरी मनाइएको थियो ।

  • कृषक दिवसमा कृषि फार्म र अनुसन्धान केन्द्रहरूको भ्रमण गराई, वैज्ञानिकहरूसँग छलफल गरी नयाँ प्रविधिहरू सिक्ने अवसर प्रदान गरिन्छ।


Q13. AI Action Summit 2025 कहिले र कहाँ सम्पन्न भयो?


उत्तर:२०२५ फेब्रुअरी १० देखि ११ (फ्रान्सको राजधानी पेरिस)


  • 🌍 सम्मेलनमा सहभागी देशहरू:➤ १०० भन्दा बढी देश सहभागी

  • यो तेस्रो संस्करणको हो । 

  • पहिलो पटक: सन् २०२३, बेलायतमा र  दोस्रो पटक: सन् २०२४, (दक्षिण कोरिया)सोल मा एआई सम्मेलन भएको थियो।

👥 प्रमुख व्यक्तित्वहरू:

➤ फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रो ले अध्यक्षता गरेको सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सह-अध्यक्ष:का रूपमा उपस्थित 

यो सम्मेलन विश्वव्यापी कृत्रिम बुद्धिमत्ता (AI) शासन, नवप्रवर्तन, र सार्वजनिक हित मा केन्द्रित छ।



Q14. विश्व रक्तदाता दिवस २०२५ कहिले मनाइयो र यस वर्षको नारा के थियो?

मिति:
हरेक वर्ष जुन १४ मा मनाइन्छ

🩸 २०२५ को नारा:➤ “Give Blood, Give Hope: Together we save Lives”

 “रक्तदान गरौं, आशा जगाऔंः सबै मिली जीवन बचाऔं”

प्रमुख जानकारी:

  • रक्तसञ्चारका पिता: विलियम हार्वे (William Harvey), जसले रक्तसञ्चारको प्रक्रिया पत्ता लगाए।

  • रक्त समूहको खोज:

    • डा. कार्ल ल्याण्डस्टेनर (Dr. Karl Landsteiner) ले सन् १९०१ मा A, B, AB, र O रक्त समूहहरू पत्ता लगाए।

    • यो खोजका लागि उनलाई सन् १९३० मा नोबेल पुरस्कार प्रदान गरियो।

  • विश्व रक्तदाता दिवसको सुरुवात:

    • सन् २००४ मा विश्व स्वास्थ्य संगठन (WHO) ले डा. कार्ल ल्याण्डस्टेनरको जन्मदिन (जुन १४) लाई विश्व रक्तदाता दिवस को रूपमा मनाउने निर्णय गर्यो।

    • २०२५ मा २२ औं विश्व रक्तदाता दिवस मनाइएको





Q15. अन्तर्राष्ट्रिय खेल दिवस २०२५ को नारा के रहेको छ?

२०२५ को नारा: ➤ “हरेक दिन खेल रोजौँ”
हरेक वर्ष जुन ११ मा अन्तर्राष्ट्रिय खेल दिवस मनाइन्छ।

 ➤ सन् २०२४ देखि(UNICEF) युनिसेफले औपचारिक रूपमा मनाउन थालेको हो।




Comments